• सोमबार ५-४-२०७५/Monday 08-20-2018

प्रदेश नं ७ : प्रदेशसभा बैठक, दुई विधेयक पारित

राजधानी र प्रदेश नामका लागि सुझाव माग


धनगढी, साउन ।  सोमबार बसेको प्रदेश नं ७ को प्रदेशसभा बैठकले जिल्लासभा तथा जिल्ला समन्वय समितिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र गाउँ र नगरसभा कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । 
आजको प्रदेशसभा बैठकमा यी दुई विधेयक पारित गरिएको हो । गाउँसभा र नगरसभा कार्य सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि आजको बैठकमा भएको छलफलमा प्रदेशसभाका सदस्य टेकबहादुर रैकाआउजी, बलदेव रेग्मी र अमरबहादुर साउद र जिल्लासभा तथा जिल्ला समन्वय समितिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि भएको छलफलमा प्रदेशसभा सदस्य डिल्लीराज पन्त, रतन थापा, गोविन्दराज बोहरा र महेशदत्त जोशीले भाग लिएका थिए। यसअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।  
यी दुवै विधेयकमाथि प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई तयार भएको प्रतिवेदन आइतबारको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको हो । 
आजको बैठकमा प्रदेश नं ७ को राजधानी रहने स्थान र प्रदेशको नामाकरणका सम्बन्धमा यही साउन २१ गतेभित्र आवश्यक सुझाव पेश गर्नका लागि ‘विषेश सुझाव समिति‘ गठन गरिएको जानकारी सभामुख अर्जुनबहादुर थापाले गराउनुभयो । 

समितिको संयोजकमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ रहेका छन । 
समितिको सदस्यमा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, श्यामलाल रानाथारु र चुनकुमारी चौधरी रहेका छन । प्रदेशसभाको अर्को बैठक साउन १६ गते अपराह्न १ बजे बस्नेछ । 
 

प्रतिकृया दिनुहोस

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

बैतडी । प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन

प्रदेश नं ७ : चुहिन थाल्यो सभाहल नै

सुर्खेत, साउन । सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ । अलि बढी पानी

प्रदेश नं ५ : नेकपा संसदीय दलको बैठक सम्पन्न

बुटवल, साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ प्रदेशसभा संसदीय दलको पाँचौ बैठक आज बुटवलमा सम्पन्न भएको छ ।  प्रदेशसभाको बजेट अधिवेशन सकिएको