• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018

‘सुश्री सम्पत्ति’का लागि सुव्रतको दौडधूप

काठमाडौं, १५ जेठ । सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको फिल्म ‘सुश्री सम्पत्ति’ भाद्र २२ मा प्रदर्शन हुने भएको छ ।  निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज टार्गेट तय गरेको हो ।
पोस्टरमा फिल्मका तीन पात्र सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्। फल्ममा उनीहरुसँगै प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको अभिनय छ। फिल्ममा प्रियंका कार्कीले अतिथि भूमिका (गेष्ट अपिरियन्स) मा देखिने छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’मा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।
यसैबीच, चलचित्र ‘भैरे’को रिलिज टार्गेट सरेको छ । विविध कारण देखाउँदै निर्माण पक्षले रिलिज टार्गेट पछि सारेको छ । जेठ १८ मा रिलिज गर्ने भनिएको फिल्म आगामी साउन ४ लाई सारिएको छ । निर्देशक एभरेष्ट सुर्य बोहराले चलचित्र निर्माता संघले आह्वान गरेको आन्दोलनले फिल्मको प्रचार गर्न नसकेको कारण देखाउँदै रिलिज टार्गेट सारेको बताए । तर, फिल्मका मुख्य कलाकारहरु नयाँ प्रोजेक्टमा व्यस्त रहेकाले प्रचारमा समय दिन सकेका थिएनन् ।
फिल्ममा भने दयाहाङ राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, वर्षा सिवाकोटी, बुद्धि तामाङ, अर्जुन गुरुङ्, जान्वी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, लगायतको मुख्य अभिनय रहनेछ। प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी फिल्मका दुई निर्माता हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन र बनिष शाहको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि

‘मालिका’ले युनिभर्सल सर्टिफिकेट पाउँदा रेखा मक्ख 

काठमाडौं । अभिनयसँगै निर्देशनमा समेत अब्बलता हासिल गरेकी रेखा थापाको पछिल्लो चलचित्र मालिका प्रदर्शनका लागि तयार भएको छ । कार्तिक १६ गतेबाट