• सोमबार ५-४-२०७५/Monday 08-20-2018

"नोकियाको ५ जी योजना : समस्यामा फस्दै "

त्रैमासिक नाफा कमजोर रहनसक्ने


एजेन्सी, साउन । यस वर्षको अन्तिमसम्ममा आफ्नो ५ जीको कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउने लक्ष्यमा रहेको  दूरसञ्चार सेवा प्रदायक कम्पनी नोकियालाइ समस्या सिर्जना भएको छ । 
पाँचौं पुस्ताको इन्टरनेट ५ जीको योजना समस्या बनेको एक विवरणले उसको नाफा केही घट्नसक्ने देखाएको छ। यस वर्षको अन्तिमसम्ममा आफ्नो ५ जीको कार्यक्रम अघि बढाउने तयारी थियो । 
कम्पनीको त्रैमासिक नाफा कमजोर रहनसक्ने बताइएको छ। विहीबार कम्पनीले सार्वजनिक गर्न गइरहेको त्रैमासिक नाफाको विवरणमा कम्पनी केही कमजोर रहनसक्ने अनुमान गरिएको हो।
पछिल्लो समय ४ जी सेवा प्रदानकै अत्यधिक मागको कारण सुधारको लागि संघर्ष गरिरहेको कम्पनीले यस वर्षको अन्तिममा पाँचौं पुस्ताको इन्टरनेट ५ जी अमेरिकामा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
 सन् २०१९ को सुरुवातमा भने उसले आफ्नो यो सेवा जापान तथा दक्षिण कोरियालगायतका मुलुकहरुमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यद्यपि उसको तयारी भने आशा गरिएअनुसारको नरहेको विश्लेषकहरुले बताएका छन्।
गएको साता कम्पनीको सेयरमा पनि उल्लेख्य सुधार आएको विवरण सार्वजनिक भएको थियो। अर्को स्विडिस प्रतिस्पर्धी कम्पनी एरिक्सनमा व्यापक गिरावट आएको अवस्थामा नोकियाको सेयर भने बलियो अवस्थामा देखिएको हो। नोकियाको ५ जीको व्यापार उत्तर अमेरिकामा उल्लेख्य रहेको विवरण सार्वजनिक भएपछि उसको सेयरमा पनि सुधार आएको देखिएको हो।
नोकियाको सेयरमा अहिलेसम्म ३० प्रतिशतको वृद्धि भइसकेको छ। पछिल्लो समय एरिक्सनको व्यापार पनि केही कमजोर रहेको कारण नोकियालाई फाइदा पुगेको हो। 
नोकियाको लागि यस वर्षको दोस्रो त्रैमासिक अवधिको कार्यगत नाफा ४३ करोड ६० लाख अमेरिकी डलरबराबरको रहनसक्ने अनुमान गरिएको छ। यो नतिजा एक वर्षअघिको सोही अवधिको तुलनामा ३५ प्रतिशतले घटेको हो। 
नोकिया पछिल्लो समय आफ्नो व्यापारमा सुधारको लागि विभिन्न योजनाहरुमा अघि बढिरहेको छ। आफ्ना महत्वाकांक्षी योजनाहरुको माध्यमबाट आर्थिक हिसाबमा महत्वपूर्ण सुधारको नतिजा हासिल गर्ने दाउमा कम्पनी रहेको हो। 
पाँचौं पुस्ताको इन्टरनेट ५ जीका लागि अघि बढिरहेको नोकियाका लागि विश्व बजारमा देखिएको व्यापक प्रतिस्पर्धा पनि कमजोर नतिजाको एक कारण रहेको नोकियाका अधिकारीहरुको भनाइ छ।

प्रतिकृया दिनुहोस

चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

सानफ्रान्सिस्को, भदौ । चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी

टेलिकमको भ्वाइस टेलिफोन’ सेवा

काठमाडौँ, साउन । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने

"बिश्वमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग हुनुपर्छ"

काठमाडौँ, साउन  ।  राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको