• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

नेपाली टोली आर्टिफिसियल इन्टेलिजेण्टमा पहिलो

४९ मुलुकलाई पछि पारे


काठमाडौं, साउन । अमेरिकास्थित माइक्रोसफ्ट मुख्यालयमा आयोजित ‘इम्याजिन कप’ मा नेपालबाट सहभागी टीम सोचवयर आर्टिफिसियल इन्टेलिजेण्ट विधामा प्रथम हुन सफल भएको छ । 
विद्यार्थी माझ हुने विश्वव्यापी वार्षिक प्रतियोगितामा नेपालले ठूलो सफलता हात पारेको हो ।
गत चैत्रमा मलेशियामा भएको एशिया प्रशान्त क्षेत्रस्तरको प्रतियोगितको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेसँगै सोचवेयर टीम यही जुलाइमा अमेरिकामा भएको विश्वप्रतियोगितामा भाग लिन गएको थियो । टिम सोचवेयर तीन युवा विद्यार्थीको समुह हो । 
सुचना प्रविधिले नै समाजको विकास गर्न सकिने विश्वास राखेका टिम सोचवेयरमा नेपाल इन्जिनियरिङ्ग कलेजका इडा रिजाल, मदन भण्डारी मेमोरियल कलेजका शिशिर श्रेष्ठ र कलेज अफ इन्फरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङ्गका मिलन थापा रहेका छन् ।
उनीहरुले एक सुचना प्रविधिको यन्त्रमार्फत् कृषि क्षेत्रको समस्यालाई समाधान गर्ने प्रयत्न गरेका छन् । सो यन्त्रले कृषि, खेतिपातिमा लाग्ने रोगलाई उजागर गरी किसानलाई उपयुक्त समाधान र जानकारी दिनेछ । 
जसले गर्दा कृषिलाई स्वस्थ बनाउने र हाइजेनिक अन्न उत्पादन गर्न प्रेरित गर्दछ ।
 मानव स्वास्थ्यसँग जोडिएको अन्नलाई हाइजेनिक बनाउन सके मानव स्वास्थमा पनि सकरात्मक प्रभाव पर्ने टिमको विश्वास छ । यस संस्करणको विश्व प्रतियोगितामा ४९ ओटा टिमले भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस

गुगलमा यी कुरा झुकिएर पनि सर्च नगर्नुहोस

काठमाडौं, मंसिर । मानिस स्मार्ट होस् या नहोस् पछिल्लो समय उसको गोजीमा स्मार्ट फोन भने पक्कै हुने गरेको छ । फोर जी क्रान्तिको समयमा कसैलाई मोबाइल डाटा

कार्यान्वयनमा आएन एनालग विस्थापन घोषणा : सरकारलाई घाटा

  काठमाडौं, मंसिर । सरकारले नेपाल भर एनालग प्रविधि विस्थापन गर्न नयाँ नियममावली तयार पारी २०७४ बैशाख १५ गतेसम्म देशका प्रमुख शहरहरुमा एनालग

सूचना प्रविधिमा चीनको प्रयास : सफल भए केही वर्षमा विश्वभर 'फ्रि वाईफाई'

काठमाडौं, मंसिर  । चीनको एक निजी कंम्पनीले विश्वभरी फ्रि वाईफाई दिने योजना सहित २७२ स्याटेलाईट लन्च गर्ने तयारी गरिरहेको छ । फ्रि वाईफाई योजना