• शुक्रबार ३-८-२०७५/Friday 06-22-2018

स्वास्थ्य राज्यमन्त्री अर्यालेको भनाइप्रति ‘धुर्मुस’को यस्तो खण्डन

स्वास्थ्य राज्यमन्त्री अर्यालेको भनाइप्रति ‘धुर्मुस’को यस्तो खण्डन

चन्दा संकलन गर्नु गैर कानूनीः मन्त्री अर्याल
काठमाडौं । स्वास्थ्य मन्त्री पद्य्मा अर्यालले वीर अस्पतालको नाममा चन्दा संकलन हुनु गैरकानुनी भएको भन्दै घटनाको छानविन गरिने बताउनुभएको छ । वीर अस्पतालको सरसफाईका लागी चन्दा संकलन भईरहेको समाचार सार्वजनिक भएपछि अस्पतालमा पत्रकार सम्मेलन गरी यसबारे छानबिन गरिने बताउनुभयो ।
चन्दा संकलन गरि अस्पतालको सरसफाई गर्ने नीति सरकारको भन्दै यस बिषयमा छानविन हुने बताउनुभयो । उहाले वीर अस्पतालको रंगरोगन मन्त्रालयले गर्ने स्पस्ट पार्नुभयो । उहाले आफुले फोटो खिचाउनका लागी मात्रै कुचो नसमातेको स्पष्ट पार्दे वास्तविक रुपमा नै सरकारी अस्पतालको सफाईको खाचो रहेको धारणा राख्नुभयो । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डाक्टर गणेश गुरुङले राम्रो कामको लागि जनताले सहयोग गर्नु स्वभावीक रहेको भन्दै चन्दा संकलन गरेरै अस्पतालको सफाई गर्ने कुनै नीति नरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा वीर अस्पतालमा सरसफाइ र रंगरोगन गर्नका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले रकम उठाएको आरोपको सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले खण्डन गर्नुभयो । उहाले वीर अस्पतालको नाममा आफूहरुले चन्दा संकलन नगरेको बताउनुभयो ।
राम्रो काम गरेको भन्दै सहयोगीहरुले अस्पतालमा उपस्थित भएर सहयोग गर्न चाहन्छु भनेपछि अस्पताललाई जानकारी गराएर सहयोग लिएको दाबी गर्नुभयो । वीर अस्पतालको रंगरोगनको लागि हालसम्म १४ लाख ६४ हजार ८ सय ३५ रुपैंयाँ प्राप्त भएको उहाले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओलीको भ्रमण "स्पेसल सिग्नेफिकेन्स"

’बेइजिङ (चीन), असार । चीनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भ्रमण विशेष उपलब्धिमूलक भएको जनाएको छ । प्रधानमन्त्री ओली र उहाँका

नेपाल चीनबीच रेलमार्ग निर्माण सम्झौतामा हस्ताक्षर

बेइजिङ, असार । नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएकोछ । विसं २०७२ मा भएको व्यापार र पारवहन

सहयोग अभिवृद्धिसम्बन्धी १० वटा सम्झौता

बेइजिङ, असार ।  नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदान प्रदान गर्ने विषयमा बिहिवार सम्झौता सम्पन्न भएका छन् । यस्तै, थप चार