• सोमबार ७-५-२०७५/Monday 10-22-2018

केन्यामा बन्दी बनाइएका २१ नेपाली युवतीको उद्धार

काठमाडाैं । केन्याको राजधानी नैरोबीस्थित दुई स्ट्रिप क्लबबाट २१ नेपाली युवतीको उद्धार गरिएको छ । ‘मानव बेचविखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगासियो रोड र वेस्टल्याण्डस्थित दुई क्लबमा छापा मारेर बन्दी बनाइएका युवतीहरूकाे उद्धार गरेकाे हाे ।
'अवैधानिक रुपमा केन्यामा शोषणका लागि ल्याइएका २१ नेपाली युवतीको उद्धार गरिएको छ, ’ प्रहरीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा जानकारी दिएको छ ।

बिहिबार अबेर राती गरिएको उक्त छापाका केही तस्बिर सार्वजनिक भएका छन् जसमध्ये एकमा निकै चम्किलो ब्लाउज लगाएका तीनजना महिलालाई पुलिसले सुरक्षित स्थानमा लैजादैं गरेको देख्न सकिन्छ ।
स्थानीय तीनजनालाई ती युवती तस्कर गरेको आरोपमा पक्राउ गरिएको छ । पुलिसको छापापछि उमेर नखुलाईका युवतीलाई पीडित शरणार्थी क्याम्पमा राखिएको छ । अधिकारीले उनीहरुको पहिचान र केन्यामा उनीहरुको वैधानिकताबारे अनुसन्धान समाप्त नभएसम्म त्यहाँ नै राख्ने बताएको छ ।
‘हामीहरुले २१ जना युवती र तीनजना आरोपीलाई नियन्त्रणमा लिएका छौं । उनीहरुको अन्तर्राष्ट्रिय मानव तस्करसँग केही सम्बन्ध छ–छैन भन्ने बारे अनुसन्धान गरिरहेका छौं,’ पुलिसले एफपीलाई जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

अमेरिकामा नेपाली भाषा कक्षा : ‘नाङसाल’ सञ्चालन

न्युयोर्क, कात्तिक । तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा ‘नाङसाल’

नेपाली विद्यार्थीले पैचिङमा मनाए दसैं

पैचिङ, असोज । यूनिभर्सिटी अफ चाईनिज एकेडेमी अफ साइन्सेज (यूकास) को चालिसौं वार्षिकोत्सव र पहिलो अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवको अवसरमा चीनको

साउदीमा ६ वर्षदेखि बन्धक निर्मला स्वदेश फिर्ता 

काठमाडौं ।  ६ वर्ष पहिलेदेखि साउदीको एउटा घरमा बन्धक बनेकी निर्मला तामाङ घर फर्किएकी छन्। घरेलु कामदारको रुपमा साउदी पुगेकी सुनसरीको भरौलाकी