• आज : Monday 28 May 2018
    9:22:28 NST

‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा हुँदै (LIVE)

काठमाडौं, ३ जेठ ।  एमाले–माओवादी पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गर्न लागिएको हो । सभागृहमा प्रचण्ड र केपी ओलीसहितका नेताहरु उपस्थित छन् । 
एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।  त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ ।  पार्टी एकता घोषणाका लागि बुधबार बिहानैबाट दुवै दलले तीव्र गृहकार्य गरेका थिए । 
 
‘नेपाल कम्युनिष्ट पार्टी’ ले माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भएपछि पार्टी एकता घोषणा गरिएको हो । 
बाँकी भिडियोबाटै हेर्नोस्

Comment

Related News