• आज : Monday 28 May 2018
    9:22:02 NST

एमाले–माओवादीले मिलेर मनाए मनद–आश्रित स्मृति दिवस

काठमाडौं, ३ जेठ । नेपाक एमाले र नेकपा माओवादी केन्द्रले मदन–आश्रित स्मृति दिवस एकै थलोमा मनाएका छन् । मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केप ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताए । एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए ।
प्रधानमन्त्री ओलीले एमाले र माओवादीको एकता घोषणा दुई पार्टीको एकता मात्र नभई नेपाल कता जान्छ भन्ने घोषणा हुने बताए । यसले नेपालको राजनीति, वर्तमान र भविश्यलाई दूरगामी प्रभाव पार्ने उनको दाबी छ ।
त्यस्तै, कार्यक्रममाम अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताए । उनले मदन(आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए ।
एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो ।

Comment

Related News