• आज : Monday 28 May 2018
    9:21:53 NST

नेपाली भूमि कब्जा गरी भारतीय घरटहरा

सप्तरी, ३ जेठ । भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घर टहरा बनाउन थालेका छन् । उनीहरुले आफूखुसी सार्वजनिक जग्गा घेरा हाली खेती गरिरहेका छन् ।
जिल्लाका गोबरगाढा र लालापटीमा भारतीय नागरिकले नेपाली भूमि कब्जा गरेका हुन् । यसबारे जिल्ला प्रशासन भने बेखबरझैं बनेको छ । आजको कान्तिपुरमा समाचार छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घर टहरा बनाएका छन् ।
केही बर्षयता बाढीको त्रासले स्थानीय विस्थापित भएको मौका छोपी भारतीय नागरिक नेपाली भूमिमा आएका हुन् ।

Comment

Related News