• आज : Monday 28 May 2018
    9:22:45 NST

युरोपा लिगको उपाधि एथ्लेटिको मड्रिडले जित्यो

काठमाडौं, ३ जेठ ।  युरोपा लिगको उपाधि एथलेटिको मड्रिडले  जितेको छ । गएराति भएको फाइनल खेलमा मार्सेललाई ३–० ले हराउँदै एथलेटिकोले उपाधि चुम्न सफल भएको हो ।
एथलेटिकोलाई उपाधि दिलाउने क्रममा एन्टोनी ग्रिजमनले दुई गोल गरे । अर्को एक गोल कप्तान गावीले गरे । खेलको २१ औं मिनेटमा गावीको पासमा ग्रिजमनले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा उनले दोस्रो गोल गरे । उनी म्यान अफ दि म्याच भए । अर्को एक गोल ८९ औं मिनेटमा गावीले थपेका थिए ।
एथलेटिको युरोपा लिगमा च्याम्पियन बनेको यो तेस्रोपटक हो । उसले यसअघि सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि उचालेको थियो । सेभिल्लाले पनि तीन पटक युरोपा लिगको उपाधि जितेको छ ।

Comment

Related News