• आज : Monday 28 May 2018
    9:22:52 NST

मदन–आश्रित स्मृति दिवसमा पहिलाे पटक माओवादी सहभागी हुँदै

काठमाडौं, ३ जेठ । आज मदन–आश्रित स्मृति दिवसमा नेकपा एमाले तथा उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् । विगतका वर्षहरुमा भन्दा यसपटक मदन आश्रित स्मृति दिवसमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ ।
२५ औं स्मृति दिवसको अवसरमा एमालेले पुरानो पार्टी कार्यालय मदननगर बल्खुमा विशेष कार्यक्रमको अयाोजना गर्ने भएको छ । त्यसैगरी  चितवनको दासढुंगालगायतका स्थानमा बिभिन्न कार्यक्रम आयोजना गरिँदैछ ।
 एमालेका तात्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो ।
बल्खुको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसमेत सहभागी हुनेछन् । दुई दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला एमाले र माओवादीले सँगै मदन आश्रति स्मृति दिवस मनाउन लागेको यो पहिलोपटक हो ।
बिभिन्न छानबिन समितिले समेत दासढुंगा काण्डको तथ्य बाहिर ल्याउन सकेको छैन । चालक अमर लामाको समेत काठमाडौंमा हत्या भएपछि दासढुंगा काण्ड झन् रहस्यमय बनेको छ ।

Comment

Related News