• आज : Monday 28 May 2018
    9:24:47 NST

डडेल्धुराको आलिताल गाउँपालिमा र्इ–हाजिरी जडान

डडेल्धुरा, ३ जेठ । सेवाग्राहीहरुको कामलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन  डडेल्धुराको आलिताल गाउँपालिकाले सबै कार्यालयमा विद्युतीय हाजिरी ‘र्इ–हाजिरी’ प्रणालीलाई तिव्रता दिएको छ ।
कर्मचारीको काम र कर्मचारीको उपस्थिति पारदर्शी हुनुपर्ने भन्दै इलेक्ट्रोनिक हाजिरी जडानको कामलाई अघि बढाइएको आलिताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुन्ना बताए ।
अनुशासन र समयको पालना गराउनुका साथै  कर्मचारीलार्य मर्यादित बनाई सेवालाई द्रुतगतिमा अगाडि बढाउनका लागि सबै कार्यालयमा इ–हाजिरीको व्यवस्था गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले बताए ।
आठवटा वडा रहेको आलिताल गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालय, स्वास्थ्य कार्यालय, वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा इ हाजिर र गाउँपालिकामा आएका सेबा ग्राहिको र गाउँपालिकाको कार्यालयमा वहुमुल्य बस्तुहरुको सरक्षणको लागि सिसी क्यामरा पनि जडान कार्य शुरुगरिएको छ ।
सूचना प्रबिधिको अधिकतम प्रयोग गर्दै गाउँपालिकाका सबै कार्यलय पूर्णतः डिजिटलाइजेन गरिने आलिताल गाउँपालिकाका  आइटी अफिसर नबराज ओझा बताए ।
विशेष गरी विद्यालयमा सो हाजिरको व्यवस्था गरिँदा हाजिर हुने शिक्षकले १० देखि ४ बजेसम्म बसे नबसेको थाहा हुने र शिक्षकले विद्यालयमा समय दिँदा पढाइ पनि प्रभावकारी हुने भएकाले इ हाजिरको व्यवस्था गरिन लागेको गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले बताए ।
 

Comment

Related News