• आज : Monday 28 May 2018
    9:14:00 NST

दुईकरोड ५० लाख नक्कली नोटसहित छ पक्राउ

 
 
काठमाडौंँ, २ जेठ  । महानगरीय प्रहरी परिसर टेकुले राजधानीका विभिन्न स्थानबाट एकहजार दरको दुईकरोड ६० लाख ६३ हजार रुपियाँ मूल्यको नक्कली नोटसहित छजनालाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तहरुमध्ये प्रिन्सेस मुभिज प्रालिका सञ्चालक माधवराज बाग्ले नक्कली नोट उत्पादनका मुख्य योजनाकार भएको जानकारी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले सञ्चारकर्मीलाइ जानकारी दिए । 
वागवजार र कमलपोखरी क्षेत्रमा सञ्चालित रेष्टुराँमा नक्कली हजारको नोट देखापरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । परिसर प्रमुख पोखरेलले भन्नुभयो,‘यतिको परिमाणमा हजारको मात्र नक्कली नोट छापिएको भेटियो ।’ 
परिसरले वाग्लेसँगै सुर्खेतका महेन्द्र वोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, नवज्योति पिन्टिङ पे्रसका सञ्चालक प्रकाश सुवेदी र भोले बाबा प्रेसका सञ्चालक विकास नापितलाई पक्राउ गरेको छ । 
घटनाका मुख्य अभियुक्त बाग्लेको चारढुङ्गेस्थित कार्यालयबाट दुईकरोड ५२ लाख, वोगटीको कमलपोखरीस्थित कोठाबाट एकलाख २० हजार, ललितपुरको लुभुस्थित सुजितको साथबाट सातलाख ४३ हजार र साजनको साथबाट सातलाख बरामद भएको थियो । 
तर, बाग्लेले भने चलचित्र सुटिङका क्रममा प्रयोग गर्न यतिको नक्कली नोट छापेको प्रतिक्रिया दिएका छन् । प्रेस सञ्चालक सुवेदी र नापितले पनि प्रति नोट पचास पैसाको दरले चलचित्रका लागि नै नक्कली नोट छापेको वयान दिएका छन् । 
परिसर प्रमुख पोखरेलले एक हजारको मात्र यतिको नोट छाप्नुको पछाडि केही रहस्य रहेको बताउनुभयो । सुटिङ्का लागि छापिएको भनिएका केही हजारको नक्कली नोट कमलपोखरी र बागवजारको डान्स तथा दोहोरी रेष्टुराँबाट सार्वजनिक भएका थिए । 
यसैबीच, महानगरीय प्रहरी परिसर ललितपुरले पनि चारलाख ५० हजार मूलय बराबरको एकहजार दरको नक्कली नोटसहित धापाखेलबाट साजन भुलान र सुदिप तामाङलाई पक्राउ गरेको जनाएको छ । पक्राउ अभियुक्तहरुलाई खोटाचलन तथा सरकारी कागजात कीर्ते मुद्धा अन्तरगत कानुनी कारवाहीको तयारी भइरहेको जानकारी परिसरले दिएको हो । 
 

Comment

Related News