• आज : Monday 28 May 2018
    9:13:38 NST

डीभीको नतिजा सार्वजनिक

 
काठमाडौंँ, २ जेठ । सन् २०१९ को इलोक्ट्रोनिक डाइभरसिटी भिसा लोट्री (डीभी चिट्ठा) को नतिजा संयुक्त राज्य अमेरिकाले सार्वजनिक गरेको छ । सन् १०१७ को अक्टोबर १८ देखि नोभेम्बर २२ सम्मको अवधिमा डीभीका लागि आवेदन दिएकाहरूमध्येबाट यसका लागि नेपाललगायतका देशबाट छानिएका हुुन् । अमेरिकाले डीभी चिट्ठाको माध्यमबाट ५० हजार आप्रवासीलाई वर्सेनि अमेरिका बस्ने अनुमति दिन्छ । यूएस डिपाटमेन्ट अफ स्टेट ब्युरो अफ कन्सुलर अफेयर्सले डीभी चिट्ठाको नतिजा सार्वजनिक गरेको हो । 
धेरै युवाको रहर अमेरिका रहेको छ । यसैले होला डीभी चिट्ठा खुलेका बेला काठमाडौंका गल्ली गल्लीमा खुलेका डीभी चिट्ठा भर्ने ठाउँहरुमा ठूलो लाइन र भीड हुने गर्छ । अमेरिकामा स्थायीरुपमा बस्नका डीभी चिट्ठालाई राम्रो विकल्प मानिन्छ । 
स्थायी बसोबासका लागि चाहिने ग्रिन कार्ड र अमेरिकी नागरिकता प्राप्त गर्ने सबैभन्दा सजिलो माध्यमका रूपमा पनि डिभी चिट्ठालाई लिने गरिन्छ । डीभीका माध्यमबाट धेरै नेपालीले अमेरिकामा बस्ने अवसर पाएका छन् । विशेष गरी अमेरिकामा नेपालीहरू डीभी चिट्ठा, विद्यार्थी, पर्यटकीय, व्यापारिक लगायतका भिसामा जाने गरेका छन् । 
 

Comment

Related News