• आज : Monday 28 May 2018
    9:14:51 NST

विमान हुम्लामा दुर्घटनाग्रस्त फेला, चालक दलका दुवै सदस्यको मृत्यु

काठमाडाैं, २ जेठ । सुर्खेतबाट हुम्लाका लागि उडेका सम्पर्कबिहीन मकालु एयरलाइन्सको कार्गो विमान हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बामखर्कमा विमान क्षतविक्षेत अवस्थामा भेटिएको हो । उद्दारमा गएको माउन्टेन हेलिकोप्टर टोलीले घटनास्थल पत्ता लगाएको हो । नाइन एन ए.जे.यु. कल साइनको उक्त जहाज चालकदलका क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपालीले उडाएका थिए ।

यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुराको बगरमा विमान फोर्सल्याण्डिङ गरेको गलत सूचनाका आधारमा समाचार सम्प्रेषण भएको र उक्त समाचारले पाठकप्रति पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।


 

Comment

Related News