• आज : Monday 28 May 2018
    9:14:19 NST

बीमा समितिले मनायो ५०औँ वार्षिकोत्सव

काठमाडौं, २ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले बीमा शिक्षालाई वित्तीय सारक्षरताकै अंगका रुपमा देशका कुनाकाप्चासम्म पु¥याउन निर्देशन दिएका छन् ।

बीमा समितिको ५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए।  अर्थमन्त्री डा खतिवडाले बीमाको आवश्यकताबारे आम जनजीवनमा बोध नभएसम्म यस क्षेत्रको दायरा फराकिलो हुन नसक्ने उल्लेख गर्दै बीमा समितिले बीमा बजारको स्वच्छ विकासमा सहयोग गर्नुपर्ने बताए ।
बीमा क्षेत्र प्रतिस्पर्धी देखिए पनि अहिलेसम्म १० प्रतिशत जनसंख्यामा मात्र बीमा पुगेको छ, उनले भने, “९० प्रतिशत जनतामा अझै बीमा नपुग्नु र कूल गार्हस्थ्य उत्पादनमा २ प्रतिशत मात्र योगदान गर्नुलाई सन्तोष मान्न सकिँदैन ।”

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकको विकास र समृद्धिका लागि जीवन र पेशा व्यावसायमा आउन सक्ने जोखिम न्यूनीकरण गर्दै आर्थिक क्रियाकलापमा सक्रिय हुनुपर्ने बताए ।

Comment

Related News