• आज : Monday 28 May 2018
    9:19:46 NST

एनआईसी एशियाको नयाँ शाखा कास्कीको लेकसाइडमा

 
 पोखरा (कास्की), १ जेठ ।  एन आई सी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६, पोखरा, कास्कीस्थित लेकसाइड शाखा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नारायणप्रसाद पौडेल उद्घाघन गरे ।
उद्घाटन समारोहमा बोल्दै श्री नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बंैकहरुको शाखा कार्यालय खोल्ने सरकार तथा नेपाल राष्ट्र बंैकको अभियानमा सहभागी भई ३३ वटा त्यस्ता स्थानिय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएकोमा एन आई सी एशिया बैंकको प्रशंसा गर्नुभयो । 
उक्त समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, पोखरा लेखनाथ महानगरपालिका ६ का अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराईज्यूले बैंकलाई शुभकामना प्रदान गर्नु भएको थियो ।  
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 
बैंकको वासलातको आकार रू. १५८ अर्बभन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू. ११० अर्ब र कुल निक्षेप करिब रू. १३४ अर्ब पुगिसकेको छ । यससँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । 
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 
 
 

Comment

Related News