• आज : Monday 28 May 2018
    9:16:29 NST

माओवादी केन्द्रका नेता श्रेष्ठले भने : फोरम सरकारमा जाने सहमति भएको छ

 
 
पर्सा, १ जेठ । संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने  भएको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले फोरम नेपालसँग सरकारमा जाने सहमति भएको बताए । 
मंगलबार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल पर्साले संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने तर सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीसँग भने छलफल नभएको जानकारी दिए । 
पूर्वउपप्रधानमन्त्री श्रेष्ठले मधेशका विषयमा संसद्मा दर्ता भएको संशोधन प्रस्तावका पक्षमा माओवादी केन्द्रको अडान अहिले पनि कायम रहेको प्रष्ट पारे । 
उनले समृद्धिको बाटालाई अंँगाली सामाजिक न्यायसहितको नेपाल निर्माण गर्न सरकार र सबै राजनीतिक दलको मुख्य कार्यभार भएकाले यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।
सञ्चारकर्मीको जिज्ञासामा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने क्रममा मुलुकभित्रको विषयलाई विदेशीका अगाडि राख्ने तरीका दुःखद् भएको टिप्पणी गरे 

Comment

Related News