• आज : Monday 28 May 2018
    9:17:01 NST

११ जनाको थुनछेक बहस

काठमाडाैं, १ जेठ । बेपत्ता अवस्थामा रहेको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको थुनछेक बहसको चौथो दिन सोमवार ११ जना कानुन व्यावसायीले बहस गरेका छन् ।
सोमबार सुन तस्कर राजन थापाको पक्षमा दीपक बस्नेत, निलम्बित प्रहरी नायव उपरीक्षक प्रजित केसीका पक्षमा वरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई र सुरेशलाल श्रेष्ठले बहस गरेका थिए ।
श्रेष्ठले अमरमान ढंगोलको पक्षमा पनि बहस गरेका थिए । निलम्बित डिएसपी सञ्जय राउतको तर्फबाट रामबहादुर राउत र अम्बर राउतले बहस गरेका थिए भने महावीर गोल्यान (चाचाजी) को तर्फबाट जगनप्रसाद फुयाल र वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपानेले बहस गरेको थिए ।
सम्वीरप्रसाद तोलाङ्गे, प्रहरी हबल्दार अम्बरबहादुर थापामगर, र विरेन्द्रमान श्रेष्ठको पक्षमा रमिला मर्हजन र सुनिलकुमार सिंहले बहस गरेका थिए भने तक्लु भन्ने पुन्यप्रसाद तामाङको पक्षमा हरिनारायण चौधरीले बहस गरेका थिए ।
गत बिहीबारदेखि न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलासमा थुनछेक बहस सुरु भएको थियो । बिहीबार र शुक्रबारमा सरकारी वकिलले बहस सकेपछि आइतबारदेखि प्रतिपक्षका वकिलहरुले बहस गरीरहेका छन् । प्रतिपक्षको बहस गर्नेमा पूर्वमहान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ, सुशिल पन्त, वरिष्ठ अधिवक्ता शम्भु थापा लगायत रहेका छन् ।
 

Comment

Related News