• आज : Monday 28 May 2018
    9:18:21 NST

विश्वकप खेल्ने ब्राजिलकाे टिम घोषणा, को को परे टाेलीमा ?

काठमाडाैं, १ जेठ । आउँदो महिना सुरु हुने विश्वपक फुटबलका लागि उपाधिको दाबेदार मानिएको ब्राजिलले टिम घोषणा भएकाे छ।
ब्राजिलले रुसमा आउँदो जुन १४ देखि सुरु हुने विश्वकपका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो । त्यसमा चोटका कारण अहिले मैदान बाहिर रहेका नेइमार पनि परेका छन् ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमार गएको मार्चदेखि चोटका कारण मैदान बाहिर छन् । तर उनी अब प्रशिक्षणमा फर्किन तयार रहेको बताइने गरेको छ ।
ब्राजिलको टिमका डाक्टरले नेइमार विश्वकपका लागि फिट हुने बताएका छन् । विश्वकपका लागि घोषणा गरिएको टिममा नेइमारसँगै एण्डर्सन, डानिलो, फरनान्डिन्हो, गाब्रिएल जिसस, रोबर्टो फिरमिनो तथा विलियनसहितका खेलाडी पनि छन् ।
ब्राजिल विश्वकपका लागि समूह इ मा छ र उसले कोस्टारिका, सर्बिया र स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । उसले आफ्नो पहिलो खेल जुन १७ मा खेल्नेछ ।

को को परे ब्राजिलको टिममा ?
गोलरक्षक : एलिसन, एण्डर्सन, कासिओ
डिफेन्डर : डानिलो, फाग्नर, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, मार्क्युइनहोस, मिरान्डा, पेड्रो गेरोमेल
मिडफिल्डर : कासेमिरो, फरनान्डिन्हो, पाउलिन्हो, फ्रेड, रेनाटो अगस्टो, फिलिप कोन्टिन्हो, विलियन, डुग्लस कोस्टा
फर्वार्ड : नेइमार, टाइसन, गाब्रिएल जिसस, रोबर्टो फिरमिनो

Comment

Related News