• आज : Monday 28 May 2018
    9:24:03 NST

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडाैं, १ जेठ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसदको संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले जेठ ७ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ ।
सो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत भएको अनुभूति र विश्वास मन्त्रिपरिषदले गरेको छ ।

Comment

Related News