• आज : Monday 28 May 2018
    1:48:39 NST

काँग्रेसले भन्यो : ‘भारतीय सासंद कीर्ति आजादको अभिब्यक्ति आपत्तिजनक’

 
काठमाडौँ, ३१ वैशाख । भारतीय सासंद कीर्ति आजादले नेपालको सम्बन्धमा ट्वीटमार्फत गरेका अभिब्यक्ति आपत्तिजनक भएको नेपाली काँग्रेसले बताएको छ ।  सो पार्टीले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपाली काँग्रेसले भनेको छ,  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गतसाता नेपालको भ्रमण गरिरहँदा भारतीय सासंद् आजादले दुई देशवीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायले नेपालको जनकपुर क्षेत्र भारतले फिर्ता लिनुपर्छ भन्ने अभिब्यक्ति दिएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । 
काँग्रेसले आजादको उक्त अभिब्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, अखण्डता र नेपालीको स्वाभिमानमाथिको ठाडो प्रहार भएको भन्दै त्यसको घोर निन्दा र भत्र्सना गरेको छ । 
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र, सार्वभौम स्वाधिन राष्ट्रको  विषयमा  भारतीय सासंद्बाट आएको आपत्तिजनक र दुराशयपूर्ण अभिब्यक्ति नेपाल र नेपालीको लागि मान्य नुहुने भन्दै त्यस विषयमा नेपाल सरकारले तत्काल भारतीय सरकारसँग कूटनीतिक पहल गर्न जोडदार माग गरेको छ । 
 

Comment

Related News