• आज : Monday 28 May 2018
    9:26:13 NST

म्याग्दीमा पहिरोले चार घर पुरिए, ठाउँ ठाउँमा पहिराे

म्याग्दी, ३१ बैशाख । अन्नपूर्ण गाउँपलिका २ भुरुङ तातोपानी बजारमा पहिरोले चारवटा घर पुरेको छ । बेनी जोमसोज सडकखण्डमा खसेको लेदो सहितको पहिरोले चारवटा घर पुरेको म्याग्दी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अरु १२– १३ घरमा पनि पहिरोले क्षति पुर्याएको छ । आइतबार बेलुकी ५ बजेतिर भेलसहितको पहिरो बस्तीमा खसेको हो । भेल बग्न थालेपछि बस्तीका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । अहिले  डोजर लगाएर भेल उद्धारको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
आइतबार रातिको झरीका कारण पहिरो जाँदा ठाउँ–ठाउँमा सवारी आवागमन ठप्प भएको छ ।

Comment

Related News