• आज : Monday 28 May 2018
    9:25:37 NST

मुम्बईमाथि राजस्थानको शानदार जित

काठमाडौं, ३१ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार बेलुका भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले मुम्बईमा भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो ।
मुम्बईले प्रस्तुत गरेको १६९ रनको लक्ष्य राजस्थानले १८ ओभरमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । राजस्थानका जोस बट्लरले ५३ बलमा ९ चौका र पाँच छक्काको सहयोगमा नटआउट ९४ रन बनाए । यस्तै अजिन्क्या राहाणेले ३६ बलमा ३७ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ६ विकेटको क्षतिमा १६८ रन बनायो । उसका लागि एविन लुइसले ४२ बलमा ६०, सूर्यकुमार यादवले ३१ बलमा ३८ तथा हार्दिक पाण्डेयले २१ ब्लमा ३६ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।
जितपछि पाँचौँ स्थानको राजस्थानको १२ खेलबाट १२ अंक भएको छ । यस्तै छैटौँ स्थानमा रहेको मुम्बईको १२ खेलबाट १० अंक रहेको छ ।

Comment

Related News