• आज : Monday 28 May 2018
    9:26:49 NST

चीनको 'लियाओनिङ्ग' समुद्रमा : चीनले पहिलो पटक स्वदेशी पानीजहाज परीक्षण

 
 
एजेन्सी, ३१ बैशाख।   चीनले पानीजहाज परीक्षणको लागि समुद्रमा पठाइएको छ। पहिलो  पटक आफ्नै देशमा बनेको  पानी जहाज आइतबार चीनले आफ्नै मुलुकमा बनाइएको पानी जहाजको परीक्षण सुरु गरेको हो। 
चीनको आधिकारिक सञ्चारमाध्यमले दिएको जानकारी अनुसार यसअघि नै चीनमा बनेको दोस्रो जहाजको परीक्षण भइसकेको अवस्थामा सबैभन्दा पहिले बनेको जहाजको परीक्षणमा भने केही ढिलाइ भएको हो। जहाजको केही पार्टहरु नमिलेको कारण परीक्षणमा ढिलाइ भएको समाचारमा उल्लेख गरिएको छ। 
यो जहाज पूर्णरुपमा चीनमा बनाइएको हो। विभिन्न प्रयोजनको लागि ल्याइएको भए पनि यो जहाजलाई अहिले भने अत्यधिक मात्रामा अनुन्धान तथा नयाँ विमानहरुको सुधारको लागि प्रयोग गरिने बताइएको छ। यो जहाजको नाम लियाओनिङ्ग राखिएको छ। 
अहिले चीन आफ्नो संघाई सहरमा तेस्रो पानीजहाज निर्माणको क्रममा रहेको छ। चीनले सन् २०३० सम्मको अवधिमा दक्षिण चीन सागरदेखि हिन्द महासागरसम्म काम गर्ने चार पानीजहाज रहने बताएको छ। 
केही विवरणहरुले भने चीन अहिले न्युक्लियर पानीजहाज पनि निर्माणको योजनामा काम गरिरहेको बताएका छन्। चीनले आफ्ना जहाजहरुको सुरक्षाको लागि नयाँ जेटफाइटर पनि बनाएको छ जसको नाम ए जे–१५ राखिएको छ।

Comment

Related News