• आज : Monday 28 May 2018
    9:26:02 NST

लुभुको एक उद्योगमा आगलागी, २ कराेड बढीकाे क्षति

काठमाडौं, ३१ बैशाख । ललितपुरको लुभुमा रहेको एक प्याकिङ्ग उद्योगमा आगलागी हुँदा २ करोड २० लाख भन्दा बढीको क्षति भएको छ ।
महालक्ष्मी नगरपालिका–७ चाँगाथली नर्कट्टेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा आइतबार राति साढे १० बजेतिर आगो लागेको लुभु प्रहरी चौकीले जानकारी दिएको छ ।
आगलागीबाट उद्योगमा रहेका १२ वटा मेसिन जलेर नष्ट भएको र अरु सामान पनि जलेको प्रहरीले जनाएकाे छ ।
दिनेश सुवेदीको उद्योगमा लागेको आगो काठमाडौं र ललितपुरका दमकल तथा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा राति २ बजे नियन्त्रणमा लिइएकाे थियाे । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएकाे छ ।
 

Comment

Related News