• आज : Monday 28 May 2018
    9:25:15 NST

सातौँ सिजन पनि उपाधि युभेन्टसकै पोल्टामा

काठमाडौं, ३१ बैशाख । इटालियन सिरी ए फुटबलको उपाधि सातौं सिजनमा पनि युभेन्टसले नै उचालेको छ । लिगको खेल बाँकी हुँदा नै युभेन्टसले पछिल्लो सात सिजनमा सातौँ उपाधि पक्का गरेको हो ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा रोमासँग गोलरहित बराबरीमा रोकिए पनि उपाधिका लागि आवश्यक एक अंक जोड्दै उसलो ३४ औँ पटक शीर्ष लिगको उपाधि जितेको हो । १० खेलाडीमा सीमित भएको रोमासँगको खेलमा उसले गोल गर्न सकेन तर हार पनि बेहोरेन । ६८ औँ मिनेटमा नाइन्गोलान दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रोमा १० खेलाडीमा सीमित भएको थियो ।
दोस्रो स्थानमा रहेको नापोली आइतबार राति नै भएको खेलमा साम्पाडोरिएसँग २–० ले पराजित भयो । उपाधि जितेको युभेन्टसको एक खेल बाँकी हुँदा ९२ अंक भएको छ । नापोलीको ८८ अंक छ ।

Comment

Related News