• आज : Monday 28 May 2018
    9:26:20 NST

चितवनको भाटभटेनी सुपर मार्केटमा बम बिस्फोट

चितवन, ३० बैशाख । चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपर मार्केटमा आइतबार बिहानै बम बिस्फोट भएको छ । मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले बिहान पौने चारबजे भारतपुर महानगरपालिका १० मा रहेको भाटभटेनी सुपर मार्केटमा डेटोनेटर बिस्फोट गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिस्फोटका कारण सुपर मार्केटको एक साइडको सिसा फुटेको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले बिस्फोट गराउनेको खोजी भइरहेको जनाएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेकाले उनीहरुले नै बिस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । बन्दका कारण चितवनमा लामो दूरीका गाडी चलेका छैनन् ।

Comment

Related News