• आज : Monday 28 May 2018
    9:26:51 NST

पेरिसमा चक्कु अाक्रमण, १ जनाकाे मृत्यु, ४ घाइते

फ्रान्स, ३० बैशाख । फ्रान्सको राजधानी पेरिसमा भएको चक्कु आक्रमणमा एकजनाको ज्यान गएको छ । अरु चारजना घाइते भएका छन् । सेन्ट्रल पेरिसमा भएको आक्रमण आतंककारी आक्रमण रहेको हुन सक्ने फ्रान्सेली अधिकारीले बताएका छन् ।
चक्कुले सर्वसाधारणमाथि आक्रमण गर्ने व्यक्ति प्रहरीको जवाफी कारवाहीमा मारिएका छन् । आक्रमणकारी प्रहरीको गोली लागेर मारिएका हुन् । प्रत्यक्षदर्शीले आक्रमणकारीले चक्कु प्रहार गर्ने बेला ‘अल्लाह हुअक्बर’ भनेको सुनेको बताएका छन् ।
शनिबार बेलुका भएको आक्रमण आफ्ना एक लडाकुले गरेको बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले दाबी गरेको छ । रात्री जीवनका लागि प्रख्यात सेन्ट्रल पेरिसमा आक्रमण भएको हो ।
फ्रान्सेली राष्ट्रपछि इम्यानुएल म्याक्रोनले आक्रमणको भत्सर्ना गर्दै आक्रमणकारीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । आक्रमणकारीले हिँड्दै गरेका व्यक्तिमाथि चक्कु प्रहार गरेका हुन् ।
ती व्यक्तिले रेस्टुरेन्ट तथा बारमा छिरेर आक्रमण गर्न पनि खोजेका थिए । फ्रान्समा गएको तीन वर्षमा आतंककारी आक्रमणमा २३० जना भन्दा बढीको ज्यान गएको छ । सन् २०१५ को नोभेम्बर १३ मा भएको आक्रमणमा १३० जनाको ज्यान गएको थियो ।
 

Comment

Related News