• आज : Monday 28 May 2018
    9:25:31 NST

रियल मड्रिडको शानदार जित

काठमाडाैं, ३० बैशाख । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिडले सेल्टा डी भिगोमाथि आधा दर्जन गोल गरेको हो ।
रियलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा तीन गोल गरेको हो । उसका लागि ग्यारेथ बेलले दुई तथा इस्को, हाकिमी र टोनी क्रसले एक एक गोल गरे । सेल्टाका गोमेजले आत्मघाती गोल गरे ।
१३ औँ मिनेटमा बेलले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए । ३० औँ मिनेटमा बेलले व्यक्तिगत दोस्रो तथा त्यसको दुई मिनेटपछि इस्कोले गोल गरे, रियलले पहिलो हाफमा ३–० को अग्रता लियो ।
आक्रफ हाकिमीले ५२ औँ मिनेटमा गोल गर्दै अग्रता ४–० मा पुर्‍याए । सेल्टाका सेर्गी गोमेजले ७४ औँ मिनेटमा आत्मघाती गोल गरे भने क्रसले ८१ औँ मिनेटमा गोल गरेपछि रियल मड्रिड ६–० ले विजयी भयो ।
जितपछि तेस्रो स्थानको रियलको लिगको एक खेल बाँकी हुँदा ७५ अंक भएको छ । यो खेलमा चोटका कारण स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल्न पाएका थिएनन् ।
दोस्रो स्थानको एथ्लेटिको मड्रिडको एक खेल बाँकी हुँदा ७८ अंक भएको छ । उसले शनिबार राति भएको खेलमा गेटाफेलाई १–० ले हरायो । अरु खेलमा एइबरले लास पालमस तथा भ्यालेन्सियाले जिरोनालाई समान १–० ले हरायो ।
रियल सोसिडाडले लेगानेसलाई ३–२, एलाभेसले एथ्लेटिको बिल्बाओलाई ३–१ त्था भिल्लारियलले डिप्रोटिभो डी ला कोरुनालाई ४–२ ले हरायो । रियल बेटिस र सेभिल्लाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Comment

Related News