• आज : Monday 28 May 2018
    9:26:31 NST

प्यूठानमा बस दुर्घटना, ५ जनाको मृत्यु

प्युठान, ३० बैशाख । प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएको जनाइएको छ ।
महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आइतबार बिहान प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खोला नजिकै दुर्घटना हो ।
जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानकारी दिएको हो।

Comment

Related News