• आज : Monday 28 May 2018
    9:25:21 NST

डेब्यू खेलमै सन्दीपकाे विकेट

काठमाडाैं, ३० बैशाख ।  नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले आईपीएलको डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।  दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए ।
दिल्ली बैंग्लोरसँग ५ विकेटले पराजित भए पनि सन्दीपकाे एक विकेट लिन सफल भए । पराजय व्यहाेरेसँगै दिल्ली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो । रिसव शर्मा पन्तले ६१ रन बनाउादा अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए ।
बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बल थमाए । त्यो ओभरमा ६ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।
बोल्ट र सन्दिपले क्रमशः दोस्रो र तेस्रो ओभरमा विकेट लिएपनि विराट कोहली र एबी डिभिलियर्सले ११८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । कोहली ७० रनमा आउट भए डिभिलियर्स ७२ रनमा अविजित रहे ।
यो हारसँगै दिल्ली समूह चरणको २ खेल बााकी छादै बाहिरिएको छ भने बैंग्लोरको गणितीय सम्भावना कायमै छ ।
 

Comment

Related News