• आज : Monday 28 May 2018
    9:15:40 NST

मोदीका मुक्तिनाथमा धुमधामले पूजा गरे : मुक्तिनाथको आकर्षणले लठ्ठिए मोदी

 
मुक्तिनाथ, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथमा लठ्ठीएका छन् । उनले शनिबार बिहान मुक्तिनाथको पूजा धुमधामले गरेका छन् । त्यहाँ उनले नुहाएका छन् । 
उनको भ्रमणले धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथको थप प्रसिद्धि बढ्ने ठानिएको छ ।
पर्यटन प्रवद्र्धनका अतिरिक्त मुक्तिनाथ क्षेत्रको विकासमा समेत भ्रमणलाई जोडेर हेरिएको छ । भारतका कुरु क्षेत्र र हरिहर क्षेत्र तथा नेपालका बराह क्षेत्र र मुक्ति क्षेत्र चार मुख्य धाम मानिन्छन् । भ्रमण नेपाल र भारतबीचको सांस्कृतिक एवं धार्मिक सम्बन्ध सुदृढीकरणको कडी बन्ने ठानिएको छ ।  ब्रम्हा, विष्णु र महेश्वरको मुक्तिनाथमा पूजा गर्न सकिन्छ । मोदीले १०८ धारामा पनि उनले जलशेचन गरेका छन् । 
 

मोदीको मुक्तिनाथ मोह किन रु ?

 
नरेन्द्र मोदीले धेरै वर्षअघि मुक्तिनाथमा बसेर भक्ति गरेको र सिद्धि प्राप्त गरेको बताइन्छ । नेपाल र भारतमा यसको चर्चा छ । उनको मुक्तिनाथ मोह र शनिबार बिहान विशेष ध्यानका साथ उनले गरेको पूजा र भ्रमणले उनी पहिले त्यहीं गएरै निकै नजिक रहेको बुझिन्छ । 
मोदीले झण्डै डेढ वर्षसम्म मुक्तिनाथमा बसेको बताइन्छ । मुक्तिनाथमा हिन्दू र बौद्धधर्माबलम्बीले उनलाई त्यहाँका बारेमा जानकारी दिएका थिए । संस्कृतिमन्त्री रविन्द्र अधिकारी उनीसंगै रहेर जानकारी गराएका छन् । उनलाई मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने छ । 
 

Comment

Related News