• आज : Monday 28 May 2018
    9:21:16 NST

नेपालका जलविद्युत्त आयोजना : ५० देखि ९०० मेगावाटसम्मका आयोजना भारतीयका हातमा

 
 
काठमाडौं, २९ बैशाख । जलविद्युत्त आयोजना निर्माणका लागि भारतका सरकारी र निजी कम्पनीले नेपालमा लाइसेन्स  क्षमता ५० देखि ९०० मेगावाटसम्मका लिएका छन । 
नागरिक दैनिक लेख्छ, केही निजी कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) समेत गरी ठूला जलविद्युत आयोजनाको लाइसेन्स लिएका छन् ।
 
भारतीय कम्पनीले नेपालका अधिकांश ठूला, मझौला र साना जलविद्युत्त आयोजनाको लाइसेन्स लिएका छन् । विद्युत्त विकास विभागका अनुसार नेपालका जलविद्युत्त आयोजनाहरु निर्माण गर्न २५ भारतीय कम्पनीले सर्भेलाइसेन्स लिएका छन् । केही अहिनाअघिसम्म २८ वटा बम्पनीले सर्भेलाइसेन्स लिएका थिए । 
तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुनमा तीनवटा आयोजनाको इजाजतपत्र खारेज गरिदिएपछि २५ वटामा सीमित भएका छन् । ती आयोजनाबाट कुल ७ हजार ५०१ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । 
 

Comment

Related News