• आज : Monday 28 May 2018
    9:15:56 NST

मोदी आज नेपाल आउदै : बिहान १०ः१५ जनकपुर, १ः३० मा काठमाडौ, फर्कने : शनिबार दिउँसो ३ः३० बजे

 
 
काठमाडौं, २८ बैशाख । दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कार्यतालिका तय भएको छ । मोदी आज बिहान ९ः१५ बजे जनकपुरमा हेलिकोप्टरबाट अवतरण गरी शनिबार दिउँसो ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जानेछन् । 

के छ त तालिका ? 

बिहान १०ः१५ बजे : हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
१०ः ३० :  जानकी मन्दिरमा पूजा।
११ः०० : बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन। 
१ः३० : हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान। 
४ः०० :  गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान। 
४ः३५ :  उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।  
५ः०० :  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
६ः००: महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

बैशाख २९ गते शनिबार :

बिहान ६ः००: मुक्तिनाथका लागि विमानस्थल प्रस्थान।
८ः३० :  मुक्तिनाथमा पूजा।
१०ः३० : मुक्तिनाथबाट काठमाडौं फिर्ता।
१०ः४० : विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान। 
११ः३० : होटल हायात प्रस्थान।
२ः००ः  महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान। 
३ः३० :  नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।
 

Comment

Related News