• आज : Monday 28 May 2018
    9:19:12 NST

टकंराज कुलुङले ल्याए 'बाह्रमासे फूल'

काठामाडौं, २७ बैशाख ।  टकंराज कुलुङको बाह्रमासे फूल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोलुखुम्बु स्थायी घर भएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका गायक कुलुङ पछिल्लो समय म्युजिक भिडियोहरुमा व्यस्त छन् । उनले करिब एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसेका छन् । युवा व्यासायी समेत रहेका कुलुङको समाजसेवामा पनि सक्रिय छन् । म्युजिक भिडियोमा दर्शकको माया अनि आफ्नो कामको सफलताले अगाडि बढ्न अझ हौशला मिलेको उनको अनुवभ छ ।
बाह्र मासे फूलको म्यूजिक भिडियोमा युगल जोडी बीचको माया प्रेमको प्रसंग मात्र नभएर, नेपाली संसकृति तथा प्रकृतिको सुन्दरतासँग पनि जोडिएको कुलुङ बताउँछन् । यस गीतमा कन्सकाइट राई र दिपा लामालको स्वर तथा डा। किराँतको संगीत रहेको छ । तस्बिर एल्वमा समावेश यस गीतको शब्द दिलिप राईले लेखेका हुन् भने बुद्ध स्याङबाले एरेन्ज गरेका छन् ।
भिडियोमा अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ, केट्रीन होङेलु तथा हित शंकर कुलुङ लगायको अभिनय छ । टंकराज होङेलु कुलुङको निमार्ण गरेको यस गीतलाई गोविन्द राज भण्डारीले निर्देशन तथा राजकुमार कुलुङ र गगाँ राम खालिङले छायाँङङ्कन गरेका हुन् ।
नायिका बेनिशा हमालसँगको अनस्क्रीन रोमान्स र अभिनय रहेको आफ्नो नयाँ म्युजिक भिडियो चाँडै सार्वजनिक हुने कुलुङले जानकारी दिए ।

यस्ताे छ भिडियाे

Comment

Related News