• आज : Monday 28 May 2018
    9:20:38 NST

सप्तरीका थप एक युवकको साउदीमा मृत्यु

 
सप्तरी, २६ बैशाख  । सप्तरी खडग नगरपालिका वडा नम्वर ९ लालपटी का २४ वर्षीय संजय साहको गत मंगलबार वैदेशिक रोजगारको सिलसिलामा साउदीमा ा मृत्यु भएकोे परिवारजनले जनाएको छ ।
०७३ साल अषाढ ९ गते मिडील ईस्ट म्यानपावर कम्पनी काठमाडौंबाट संजय वैदेशिक रोजगारको लागि साउदीको अल्फानार कन्सट्रक्सन कम्पनीमा कम्पुटर सम्वन्धी काम गर्दे आएको थियो ।
उहाँ गत सोमबार काम गरेर राती कोठा आए र घरमा फोन गरेर खाना खाएर सुते र बिहान संजय साथीहरुले उठाउन जादाँ मृत्यु अवस्थामा साथीहरुले उहाँलाई देखेको थियो, संजयका दाई उमेश साहले बताउनुभयो ।
मृत्यक साहको साउदीबाट शव ल्याउन वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने सवल नेपाल र सूचना तथा परार्मश केन्द्र राजविराजले पहल गरिरहेको मेडिया अधिकृत चन्दनकुमार यादवले बताउनुभयो ।
 
 
 

Comment

Related News