• आज : Monday 28 May 2018
    9:26:42 NST

बलिउड अभिनेत्री सोनम विवाह बन्धनमा बाँधिदै

भारत, २४ बैशाख । बलिउड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाँधिदैछिन् । मंगलबार उनको विवाह हुँदैछ । विवाहका लागि आइतबार उनको हातमा मेहेन्दी लगाइएको थियो ।
दुबै परिवारले सुरुमा नै उनीहरुको प्राइभेसीलाई ध्यानमा राख्न अपिल गरेका छन् । यस्तोमा यी तस्बिर सोसल मिडियामा मात्र सार्वजनिक भइरहेका छन् । खबरका अनुसार फिल्म निर्माता करण जोहर सोनमको विवाहमा विशेष उत्साहित छन् । उनले संगीतमा आफ्नो प्रस्तुती पनि दिने बताइएको छ ।

Comment

Related News