• सोमबार १०-७-२०७५/Monday 01-21-2019

फोरमलाई दुई मन्त्रालय : मन्त्री छान्ने जिम्मा अध्यक्षलाइ

काठमाडौँ, जेठ । दुई मन्त्रालय पाएको संघीय समाजवादी फोरमले चाँडो मन्त्रीको नाम टुङ्ग्याउने भएको छ । मन्त्रालयको टुङ्गो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ । 
मन्त्रीको विषय टुङ्गो लगाउन बुधबार पार्टीको आन्तरिक बैठक र छलफलबाट पनि निष्कर्ष निक्लिएन । बिहिवार पनि अनौपचारिक तवरका छलफल भए पनि अझैसम्म टुङ्गो लागेको छैन । 
पार्टी अध्यक्षले थप परामर्श गरेर चाँडोभन्दा चाँडो मन्त्रीको नाम टुङ्ग्याउने सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सञ्चारकर्मीलाइ बताए ।
“मन्त्रालय टुङ्गिए पनि मन्त्रीको नाम टुङ्गो लागेको छैन, अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर नाम तय गर्नुहुनेछ, त्यो जिम्मेवारी पार्टीले उहाँ (अध्यक्ष) लाई नै दिएको छ”, उनले भने ।दुई बुँदे सम्झौता गर्दै फोरम वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमा सहभागी हुने फोरमले केहीदिनअघि निर्णय गरेको थियो । उसले शहरी विकास र स्वास्थ्य मन्त्रालय पाएको छ । यसैबीच समाजवादी फोरमले बजेटको समीक्षा गर्दै बजेट समग्रमा सकारात्मक भनेको छ ।
फोरमको कार्यसम्पादन समिति र सांसदसहितको बैठकले बजेटबारे छलफल गर्दै यस्तो धारणा बनाएको हो । फोरमको अर्थ, अनुसन्धान तथा योजना विभागले बजेट समीक्षा कार्यक्रम गरेको थियो ।

प्रतिकृया दिनुहोस

संवैधानिक परिषद् : पाँच आयोगका अध्यक्ष सिफारिस गर्‍यो

  काठमाडौं । संवैधानिक परिषद्ले पाँच आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको छ। आइतबार बसेको परिषद्को बैठकले पाँच जनाको नाम सिफारिस गरेको

डाभोस बैठक : "विश्व आर्थिक मञ्चमा नेपालको प्रवेश"

  काठमाडौँ, माघ  । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औं बार्षिक बैठकमा भाग लिन नेपालको नेतृत्व गर्दै आइतबार स्वीजरल्याण्डको

शिक्षा तथा स्वास्थ्य समितिले अदालतको निर्णयको मजाक : नेक निजी रहेको अदालतको ठहर

  भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज विवाद अध्ययनका लागि बनेको संसदिय उपसमितिको प्रतिवेदन निस्कर्षविहिन देखिएको छ । कुनै पनि तथ्य प्राप्तीको लागि