• आज : Monday 28 May 2018
    9:26:44 NST

पुराना सुपरहिट जाेडी दिलीप र निरुता फेरि एउटै फिल्ममा

काठमाडौं, १८ बैशाख । लामो समयपछि एकताकाको चर्चित जोडी दिलीप रायमाझी र निरुता सिंह एकै फिल्ममा देखिँदैछन् । अमेरिकाबाट नेपाल फर्किएका दिलीप र भारतबाट नेपाल आएकी निरुता चलचित्र नाइ नभन्नु ल–५ मा एकसाथ देखिन लागेका हुन् ।
दिलीप र निरुताको जोडी एक ताका निकै जम्यो । दर्पण छायाँ, लहना, आफ्नो घर आफ्नो मान्छे, आफ्न मान्छे लगयात दर्जन बढी चलचित्रमा यो जोडीलाई दर्शक निकै रुचाए । त्यो समयमा दिपीप र निरुताको अभिनय रहेका प्रायः चलचित्र सुपरहिट बन्थ्ये । तुलसी घिमिरेद्वारा निर्मित चलचित्र दक्षिणाबाट नेपाली चलचित्रमा प्रवेश गरेकी निरुता लामो समयसम्म चलचित्रको पर्दाबाट टाढा रहेकी थिइन् । फाट्टफुट्ट समाचारमा आए पनि उनी चलचित्र क्षेत्रबाट भने टाढा रहिन् ।
हालै राजधानीमा सम्पन्न एनएफडिसी अवार्ड कार्यक्रमा सहमागी हुन नेपाल आएकी निरुतालाई नाइ नभन्नु ल–५ टोलीले अफर गरेपछि उनको नेपाली चलचित्रमा पुनरागमनले प्रवेश पाएको हो । त्यसो त उनले राम्रो रोल पाएमा चाँडै नेपाली चलचित्रमा पुनरागमन गर्ने बताउँदै आएकी थिइन् ।
अर्का अभिनेता दिलीप रायमाझी भने फाट्टफुट्ट नेपाली चलचित्रमा देखिँदै आएका छन् । उनको कहिँ कतै चलचित्र प्रदर्शनको पर्खाइमा रहेको छ । चलचित्र ‘नाइँ नभन्नू ल–५’ को छायांकन अन्तिम चरणमा पुगेको छ । विकाशराज आचार्यको निर्देशनमा बनिरहेको फिल्ममा नायिका निरुता सिंहको साथमा नायक दिलीप रायमाझी देखिँदैछन् । शनिबार निरुता, दिलीप र बालकलाकार अनुभव रेग्मीको दृश्य छायांकन गरिएको हो । चलचित्रमा निरुताको विशेष भूमिका रहेको छ । उनी अनुभवको आमाको भूमिकामा देखिनेछिन् ।
आगामी भदौ ८ गतेबाट प्रदर्शन हुने फिल्ममा स्वस्तिमा खड्का, नव–नायक अभिषेक नेपाल प्रमुख भूमिकामा छन् । फिल्मको कथा र पटकथा विकासराज आचार्य र सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् ।

Comment

Related News