• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018

डा. केसीलाई बोकेको हेलिकोप्टर टुडिखेलमा अवतरण

सेनाकै भ्यानमा त्रिवि शिक्षण अस्पताल लगियो

 

काठमाडौं, साउन । डा. गोविन्द केसीलाई बोकेर जुम्लाबाट हिँडेको सैनिक हेलिकोप्टर काठमाडौंको टुँडिखेलमा अवतरण गराईएको छ ।  डा. केसीलाई दिउँसै ल्याई पुर्‍याईएको बताईएको थियो । तर, ढिलोगरी मात्रै सैनिक हेलिकोप्टर काठमाडौंमा अवतरण गरेको हो । 

हेलिकोप्टर अवतरण गरेपछि डा. केसीलाई सेनाकै भ्यानमा हालेर त्रिवि शिक्षण अस्पताल लगिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केसीलाई त्रिवि शिक्षण अस्पतालमै राखिने बताएका थिए ।
वीर अस्पतालमा सबै तयारी गरिएको भए पनि अन्तिममा त्रिवि शिक्षण अस्पताल लगिएको हो । वीरमा आईसीयु  व्यवस्थापन समेत गरिएको थियो । 
सरकारको जबर्जस्ती काठमाडौं उतारिएका डा. केसी त्रिवि शिक्षण अस्पतालबाहेक अन्यत्र जान नमानेको बताइएको छ । जुम्लामै वार्ता गर्ने अडानमा रहेका केसीलाई सरकारले बलजफ्ती सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको हो । 
केसी २० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत थिए । 

प्रतिकृया दिनुहोस

आजदेखि चार दिनसम्म भूतमेला

गौशाला, असोज ।  बडादशैँका बेला परम्परादेखि सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा मंगलबारदेखि भूत मेला शुरु भएको छ

कार्तिक १६ मा कांग्रेसको चियापान : बाँस्तोलाको निधनले मिति परिवर्तन

  काठमाडौं, असोज । नेपाली कांग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ

प्रहरीको दशैँमा निःशुल्क बस सेवा सञ्चालन गर्दै

काठमाडौं, असोज ।  दशैँका अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।  नागरिकको सहजताका