• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

हेटौँडा । सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको नेपाली कांग्रेसले प्रदेशसभाको बैठक पनि अवरुद्ध गर्न थालेको छ। बिहीबार नेपाली कांग्रेसका सांसदहरुले तीन नम्बर प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेसभा सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण तीन नम्बर प्रदेशसभाको बैठक नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको हो।

प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस सांसद इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकित्सा विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी दक्ष चिकित्सक उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए।

उनले नेपालको संविधानबमोजिम सभामुख, उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान भएको र नेकपा एमाले तथा नेकपा माओवादी पार्टी एकीकृत भइसकेकाले अब एक पद प्रतिपक्षहरुलाई हस्तान्तरण गर्न आग्रह पनि गरे।

सांसद् बानियाँले डा गोविन्द केसीले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताप्रति समर्पित भएर उठाएको राष्ट्रिय सरोकारको विषयलाई वर्तमान सरकारले उपेक्षा गर्न नहुनेमा जोड दिए।

त्यसपछि बैठकमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सरोकारको विषयमा उठाइएका माग सरकारले पूरा नगरेसम्म संसद् अवरुद गर्ने प्रदेशसभा नेपाली कांग्रेसको संसदीय दलको निर्णयबमोजिम आ–आफ्नो आसनबाट उठेर सदस्यहरु उभिएकाले बैठक अवरुद्ध भएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक भोलि साउन ४ गते दिनको ११ बजे बस्ने गरी आज २ बजे शुरु भएको बैठक २ः३० बजे स्थगित गरेका थिए।

प्रतिकृया दिनुहोस

प्रदेश ३ को आफुखुशी निर्णय

काठमाडौं । केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना ओएन्डएम भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक एकवटा मात्र राख्ने

प्रदेश २ : प्रहरी ऐन पारित, नेकपा असन्तुष्ट

  जनकपुरधाम, असोज  ।  सरकारले संघीय प्रहरी ऐन नल्याउँदै प्रदेश सरकार २ ले प्रदेश प्रहरी ऐन पारित गरेको छ । शनिबार भएको प्रदेशसभा बैठकले बहुमतका

प्रदेश प्रहरी विधेयक आज पारित हुँदै

जनकपुरधाम, असोज। प्रदेशसभा २ ले शनिवार बस्ने प्रदेश सभाको बैठकबाट प्रदेश प्रहरी विधेयक पारित गर्ने भएको छ। सत्तारुढ दल र प्रतिपक्षी नेपाली