• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

प्रहरी दमनको कांग्रेस सभापति देउवाद्वारा निन्दा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन सबैलाई आह्वान गरेको छ।

सभापति शेरबहादुर देउवाले डा। केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उनको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन आह्वान गरेका हुन्।

उनले बिहीबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे मान्य नहुने चेतावनी पनि दिए। 
सभापति देउवाले डा। केसीको ज्यान जाने अवस्था आउँदा पनि सरकार उनको माग सम्बोधन गर्न गम्भिर नभएको आरोप समेत लगाए।

सभापति देउवाले जुम्लामा वरिष्ठ चिकित्सक केसीको समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरी कुटपीट गरेको घटनाको निन्दा र भत्र्सना समेत गरेका छन्।
यसैबीच, सभापति देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ । 
प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताए । 

सभापति देउवाले डा केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए । यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने उनको माग थियो । 

प्रतिकृया दिनुहोस

कांग्रेसभित्र गुटबन्दी, पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

काठमाडौँ – नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै

देउवा इतर नेताहरुको ग्राण्ड मिटिङ : आगामी रणनीतिबारे छलफल

काठमाडौं, मंसिर  । "नेपाली कांग्रेसमा कुनै समय देउवाका लागि  समर्थन जुटाउन जमघट गर्ने गरिएको चाक्सीबारी अहिले  देउवा इतरका नेताहरुको भेला