• आज : Monday 28 May 2018
    1:45:43 NST

पवन कल्याणकाे बचाउ गरे अल्लु अर्जुनले

एजेन्सी, ११ बैशाख ।  दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता तथा राजनीतिज्ञ पवन कल्याण पुनः अर्जन पुनः एकपटक चर्चामा आएका छन् । उनको समाचारलाई भारतीय मिडियाहरुले राम्रै स्थान दिएका छन् ।
सो विषयमा आफ्ना काका पवन कल्याणको पक्षमा उभिएपछि अल्लु पनि चर्चामा छाएका हुन् । वास्तवमा  अभिनेत्री श्री रेड्डीले पवन कल्याणलाई व्यक्तिगत आक्षेप लगाएपछि अल्लुले आफ्ना काकाको बचाउमा गरेका थिए । उनले आफ्ना काकाको व्यक्तित्वमा आक्रमण गर्ने श्री रेड्डीको आलोचना समेत गरेका छन्।हालै पवन कल्याणले फिल्म उद्योगमा उनीमाथी भएको यौन शोषणको विषयलाई मिडियामा भन्दा प्रहरीकोमा लैजान सुझाव दिएपछि श्रीरेड्डीले उनको कडा आलोचना गरेकी थिइन्। उनले पवन कल्याणलाई आफूले दाजुभाइ मान्ने गरेकोमा पवनको प्रतोक्रियापछि सो बराबरको इज्जत दिने अवस्थामा अब आफू नरहेको भन्दै आलोचना गरेकी थिइन्।
श्रीरेड्डीको आलोचनालाई पवन कल्याणका प्रशंसकहरूले खुलेर विरोध गरेका थिए। चर्को विरोध भएपछि श्रीरेड्डीले आफ्नो बयानका लागि माफी मागेकी थिइन्।
 

Comment

Related News