• आज : Thursday 26 April 2018
    9:39:07 NST

भारतीय दूतावासको विराटनगर सम्पर्क कार्यालय परिषरमा बम विस्फोट

विराटनगर, ४ बैशाख । विराटनगर–१३ स्थित मलाया रोडमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय परिषरमा सोमबार राति बम विस्फोट भएको छ ।
सीमा क्षेत्र जोगबनीबाट करिब ३ किलोमिटर उत्तरमा अवस्थित उक्त भवनको पश्चिमपट्टिको कम्पाउण्ड वालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।
प्रहरी प्रमुख अरुण बिसीका अनुसार विस्फोटको समयमा ठूलो आवाज आएको थियो। । बेलुका करिब सवा आठ बजे भएको सो घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको उनले बताएका छन् । तथापी घटनामा संलग्नको खोजी जारी रहेको उनको भनाई छ । स्थानीय प्रत्यक्षदर्शीले भने, ‘राती दुईजना मोटरसाइकलमा आएका व्यक्तिले भवनलाई लक्षित गर्दै विस्फोट गराएका हुन् ।
हाल घटनास्थलमा प्रहरीको ठूलो समूह परिचालन गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख बिसीको भनाई छ ।

Comment

Related News