• आज : Thursday 26 April 2018
    9:10:54 NST

परराष्ट्रमन्त्री ज्ञवाली चीन प्रस्थान : दुवै देशका उच्चस्तरीय भ्रमणबारे छलफल हुने

 
काठमाडाँ, ३ वैशाख  । नयाँ सरकार गठनपछि पहिलो भारत र त्यसपछि  मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार प्रस्थान गरेका छन । 
परराष्ट्र मन्त्री ज्ञवाली चिनियाँ समकक्षी वाङ यीकोे मैत्रीपूर्ण निमन्त्रणामा बेइजिङ प्रस्थान गर्नुभएको आज आयोजित पत्रकार सम्मेलनमा बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि नेपाल र चीनबीच हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो । 
भ्रमणबारे जानकारी दिदै परराष्ट्रमन्त्री ज्ञवालीले दुवै देशका उच्चस्तरीय भ्रमण गराउनेबारे छलफल हुने जानकारी दिए । 
संविधानले निर्दिष्ट गरेजस्तै संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त, पंचशीलका सिद्धान्त, असंलग्नता, अन्तर्रा्ष्ट्रिय कानून र विश्वशान्तिका मान्यताहरु नै नेपालको परराष्ट्र नीतिका प्रमूख आधारहरु रहेको बताउँदै यसै नीतिबाट परराष्ट्रनीति सञ्चालन गरिने बताए ।
“आपसी सम्मान, अहस्तक्षेप, सार्वभौमिक समानता, न्यायपूर्ण र आपसी हितमा आधारित सम्बन्धले नै मित्रता र असल सम्बन्धलाई मजबुत र प्रगाढ बनाउँछ भन्ने हाम्रो मान्यता हो”  ज्ञवालीले भने ।
सन् २०१८ नेपाल र चीनका लागि उच्चस्तरीय भ्रमण वर्ष हुने उनले बताए । यसबारे दुबै मुलुकको तर्फबाट आवश्यक गृहकार्य भइरहेको र त्यसैका लागि आफ्नो भ्रमण केन्द्रित हुने बताए । 
भ्रमणका क्रममा नयाँ सरकारको विदेश नीति, मुलुकको हित र प्राथमिकताबारे चिनियाँ पक्षलाई जानकारी गराइने र  चीनसँग यसअघि भएका सम्झौता कार्यान्वयनको सन्दर्भमा भइरहेको प्रगतिबारे छलफल गारिने जानकारी दिए ।
त्यसैगरी, भ्रमणको क्रममा ‘वन बेल्ड एण्ड रोड’ मा नेपालको प्राथमकिता, बुढीगण्डकी परियोजनालगायतको विषयमा विस्तृत छलफल हुने जानकारी उहाँले गराए ।  
भ्रमणको क्रममा बेइजिङमा रहँदा चिनियाँ थिंक ट्यांकहरुको गोलमेच सम्मेलनलाई सम्बोधन गर्नुका साथै द्विपक्षीय वार्ता र छलफलपछि दुवै मुलुकका परराष्ट्रमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरिने कार्यक्रम छ ।  उनी वैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
                           
 

Comment

Related News