• आज : Thursday 26 April 2018
    9:33:52 NST

अाेली दाहाल वान टु वान वार्ताः प्रचण्ड पुगे बालुवाटार

काठमाडाैं, ३ बैशाख । काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वान टु वान वार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले बिहान १० बजे दाहाललाई बालुवाटार बोलाएको स्रोतले जानकारी दियो । माओवादी केन्द्रका नेता अग्नी सापकोटाले पनि आजै दुई नेताबीच वान टु वान वार्ता हुने जानकारी दिए ।
वैशाख ९ गते हुने भनिएको एकता घोषणा अलमलमा परेका बेला दुई नेताबीच वार्ता हुन लागेको हो । दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको थियो ।
बालुवाटार स्रोतका अनुसार आजको यो वार्ता निर्णायक हुनेछ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीले दाहाललाई १० बजे छलफलका लागि बोलाएका छन् । आइतबार तय भएको वार्ता पनि दाहालकै व्यस्तताले हुन नसकेको रिमालको भनाई छ ।

Comment

Related News