• आज : Thursday 26 April 2018
    9:23:06 NST

एथ्लेटिको मड्रिडले जित्यो, टोरेसले गरे १०० औँ गोल

काठमाडाैं, ३ बैशाख । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले लेभान्टेमाथि ३–० को जित दर्ता गरेको हो ।
एथ्लेटिकोको जितमा एन्जल कोरिया, एन्टोनी ग्रिजम्यान र फर्नान्डो टोरेसले गोल गरे । ३३ औँ मिनेटमा कोरियाको गोलबाट एथ्लेटिकोले सुरुवाति अग्रता लियो ।
४८ औँ मिनेटमा एथ्लेटिकोका लागि ग्रिजम्यानले गोल गर्दै अग्रता दोब्बर पारे । ७७ औँ मिनेटमा टोरेसले गोल गरेपछि एथ्लेटिकोको ३–० को जित निश्चित भयो । टोरेसले योसँगै ला लिगामा १०० गोल गरेका छन् ।
यो सिजन उनले ८ गोल गरेका छन् र त्यसमा तीन गोल ला लिगामा गरेका हुन् । उनले यो सिजनको अन्त्य सँगै क्लब छोड्ने बताइसकेका छन् । ३४ वर्षका टोरेस यो सिजन धेरै खेलमा पहिलो रोजाइका खेलाडी बनेका छैनन् ।
जितपछि दोस्रो स्थानको एथ्लेटिकोको ६ खेल बाँकी हुँदा ७१ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोना भन्दा एथ्लेटिको ११ अंकले पछि छ । यस्तै तेस्रो स्थानको रियल मड्रिड भन्दा एथ्लेटिको चार अंकले अघि रहेको छ ।

Comment

Related News