• आज : Thursday 26 April 2018
    9:31:19 NST

कम उमेरमै कपाल फुल्नबाट राक्ने ६ टिप्स जानिराखौं

काठमाडौं– मानिसको उमेर बढ्दै गए पछि कपाल फुल्नु स्वभाविक हो । तर, अचेल कम उमेरमै कपाल फुल्ने समस्या देखिन्छ । यसका लागि मानिसको जीवनशैली मै निर्भर रहन्छ । अध्ययन तथा अनुसन्धानले कपाल फुल्ने विविध कारणहरु यस्ता देखाएको छ–
भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ । त्यसैले यस्ता पोषणयुक्त खाना सेवन गर्नु आश्यक हुन्छ ।
लामो समयसम्म तनावमा रहँदा कार्टिसोल हर्मोन बढ्दै जान्छ, जसले पनि कपालमा असर पु¥याउँछ र फुल्छ । यसबाट बच्न योगा र मेडिटेसनको सहारा लिन सकिन्छ ।
धुलो र केमिकलयुक्त धुवाँ कपालमा जम्मा हुँदा पनि कपाल सेतो हुन सक्छ ।
डिप्रेसन, मेलियाको औषधि र अन्य एन्टिबायोटिक लामो समयसम्म सेवन गर्दा पनि कम उमेरमै कपाल फुल्ने समस्या देखापर्छ ।  
कपालको नियमित सरसफाइ नगर्दा स्कल्पमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । यसले कपालमा असर पर्छ र कम उमेरमै कपाल सेतो हुन थाल्छ । त्यसैले हप्तामा ३–४ पटक कपाल सफला गर्नुपर्छ ।
पर्याप्त मात्रामा ननिदाउँदा पनि कपाल फुल्ने समस्या देखपर्छ ।
 

Comment

Related News