• आज : Thursday 26 April 2018
    9:20:35 NST

चुलाचुली गाउँपालिकाको भवनमा बम बिस्फोट

इलाम, २ बैशाख । इलामको चुलाचुली गाउँपालिका भवनमा अज्ञात समुहले बम बिस्फोट गराएको छ । जिल्ला दक्षिणी क्षेत्रमा रहेको चुलाचुली गाउँपालिकाको नवनिर्मित भवनमा शनिबार राति बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
बिस्फोटबाट सभा हल र बैठक कक्षमा क्षति पुगेको छ । प्रेसर  कुकर बम बिस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ ।बिस्फोट कसले गराएको भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । 

Comment

Related News